Thursday, September 19, 2024

४५ प्रतिशत जमिनमा वर्षैभरी सिंचाइ : मन्त्री पुन

काठमाडौं– ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री वर्षामान पुनले कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउन सिंचाइको विकासमा जोड दिने बताएका छन् ।

मंगलबार ‘ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र’ प्रस्तुत कार्यक्रममा मन्त्री पुनले भने, ‘आगामी पाँच वर्षमा थप ३ लाख हेक्टर जमीनमा व्यवस्थित सिंचाइ सेवाका लागि पूर्वाधार विकास भई कुल सिंचित क्षेत्रको करिब ४५ प्रतिशत जमीनमा वर्षैभरी सिंचाइ सेवा उपलब्ध हुनेछ ।’

उनले खेतमा सिंचाइ विस्तार गरेमा कृषि उत्पादकत्व तथा उत्पादनमा उल्लेखनीय वृद्धि भइ आर्थिक समृद्धिमा टेवा पुग्ने दाबी गरे ।

हाल नेपालमा २६ लाख ४१ हजार हेक्टर कृषि योग्य जमीन रहेकोमा १७ लाख ६६ हजार हेक्टरमा सिंचाइ सुविधा रहेको छ । हालसम्म कुल १४ लाख ३३ हजार २ सय ८७ हेक्टर जमीनमा सिंचाइ संरचनाह निर्माण भई सिंचाइ सुविधा पुर्याइएको मन्त्रालयले जनाएको छ ।

कुल सिंचित क्षेत्रफलमध्ये भूमिगत सिंचाइबाट भएको सिंचित क्षेत्रफल ४ लाख ४३ हजार ३ सय ६५ हेक्टर, कृषक व्यवस्थित सिंचाइ प्रणालीबाट भएको सिंचित क्षेत्रफल १ लाख ६७ हजार २५ हेक्टर तथा सतह सिंचाइबाट सिंचित भएको क्षेत्रफल ८ लाख १३ हजार ६७ हेक्टर छ ।

नेपालको कुल सिंचित क्षेत्रमध्ये करिब एक तिहाई भू–भागमा मात्र वर्षै भरी सिंचाइ सुविधा पुगेको जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार