Thursday, September 19, 2024

पत्रपत्रिकामा आज : उर्जाको स्वेतपत्र ,चर्किएको पहाडमुनि गाउँ

आजका पत्रपत्रिकाले चर्किएको पहाड मुनि भूकम्प पीडितले घर बनाउन सुरु, उर्जाको स्वेतपत्र जारी, पानीको हाहाकार मच्चिएको  लगायतका समाचार प्रकाशित गरेका छन् । ।

‘चर्किएको पहाडमुनि गाउँ’ शिर्षकमा अन्नपूर्ण पोष्ट दैनिकको पहिलो पृष्ठमै समाचार प्रकाशित छ । युवराज पुरीले सिन्धुपाल्चोकबाट लेखेको समाचारमा अन्यत्र कतै पनि जग्गा जमिन नभएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिँगार्चेका भूकम्पपडितले चर्किएको र धाँजा फाटेको पहाडको फेदीमा घर बनाउन थालेका छन् । वडा कार्यालय र स्थानिय प्रशासनले पनि यसमा चासो नदिएको खबरमा उल्लेख छ ।

देशभरको अव्यवस्थित बसोवास हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिएको समाचार पनि अन्नपूर्ण पोष्टमै छ ।

‘ पिउनयोग्य पानी देऊ ’ शिर्षकको सम्पादकीय अन्नपूर्ण पोष्टमा छापिएको छ । नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान नाष्टले गरेको परिक्षणमा उपत्यकाका पानी पीउन आयोग्य देखीएका हुन् । यसैगरी उर्जा मन्त्रालयको स्वेतपत्र  जारी भएको समाचार पनि अन्नपूर्णमै छ । ‘ तीन वर्षभित्र बिजुलीमा आत्मनिर्भर ’ शिर्षकको सो समाचार राजु बास्कोटाले लेखेका छन् । उर्जाको श्वेतपत्र जारी सम्बन्धि समाचार आजका सबै दैनिक पत्रपत्रिकाले आर्थिक पृष्ठमा प्रमुखताका साथ प्रकाशित गरेका छन् ।

गण्डक बाँधका कारण नवलपरासीका गण्डकपीडितले डुबान समस्या सम्बोधन गर्न माग गरेको समाचार पनि अन्नपूर्णमा प्रकाशित छ । स्याङ्जाको चापाकोट नगरपालिकामा प्रांगारिक पाठशाला सञ्चालनमा आएको समाचार भवानी अधिकारीले लेखेकी छिन् ।

‘ अझै बन्द भएनन् अवैध क्रसर ’ शिर्षकको नुवाकोटको समाचार कृष्ण थापाले कान्तिपुरमा लेखेका छन् । ‘जिल्लामा विगत २२ वर्षदेखि मापदण्ड विपरीत सञ्चालित क्रसर र वालुवा प्रशोधन उद्योगलाई मापदण्ड अनुसार चलाउन सकिएको छैन ’, खबरमा भनिएको छ । उता सुनकोसीदेखि इन्द्रावतिसम्म भइरहेको नदि दोहनविरुद्ध स्थानीय प्रशासनको कारबाही अभियान चलाएको छ । अनिश तिवारीले लेखेको समाचारमा मापपदण्ड विपरितका क्रसर बन्द गरिएको कुरा उल्लेख छ ।

नागरिकमा ‘बूढीगण्डकी स्वदेशी लगानीमै ’ शिर्षकको समाचार प्रकााशित छ । जसलाई विष्णु वेलवासेले लेखेका छन् । बहुचर्चित १२ सय मेगावाटको बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै निर्माण हुने भएको छ । इलाममा चिया निर्यातमा भारतीय अवरोध,खोटाङका २ वटा गाँउपालिका जोड्ने पुल नबन्दा चौतर्फी विरोध लगायतका खबर नागरिकमा छन् ।

राजधानी दैनिकले आफ्नो पहिलो पृष्ठमै काकाकुल काठमाडौं शिर्षकमा केही तस्बीरहरु प्रकाशित गरेको छ । सत्यन श्रेष्ठले खिचेको तस्बिरमा कोही जार बोकेर , कोही गाग्री बोकेर पानी लिन हिडीरहेको दृश्य छ । यही पत्रिकामा शिरीषको फूलको सौन्दर्यता झल्किने अर्को तस्बिर पनि छ ।

कोसी उच्च बाँध र नेपालको समुद्रसम्म पहुँच शिर्षकको विद्युत महसुल निर्धारण आयोगका पूर्व अध्यक्ष जगतकुमार भुसालको दृष्टिकोण नयाँ पत्रिकामा प्रकाशित छ ।

ताजा समाचार

सम्बन्धित समाचार