काठमाडौँ– पछिल्ले केही दिनयता नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो २ सय ५० सम्म पुगेको छ । तर मंगलबार चीनबाट ५२ टन प्याज भित्रिएसँगै प्याजको मूल्य घट्ने बताइएको छ ।
कालामाटी फलफूल विकास समितिका अनुसार चीनबाट प्याज भित्रनेक्रम जारी रहने छ । चिनियाँ प्याजलाई थोकमा व्यापारीहरुले प्रतिकेजी एक सय ४० रुपैयाँका दरले बिक्रि गरिरहेका छन्।
नेपालमा दैनिक रुपमा ८० देखि ९० मेट्रिक टन प्याज आयात हुने गरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको ४१ हजार नौ सय मेट्रिक टन प्याज आयात भएको भन्सार विभागले जनाएको छ।