Sunday, April 20, 2025

बृहत सरसफाई कार्यक्रम सम्पन्न

धनुषा– जनकपुर उपमहानगरपालिका–१० स्थित सांस्कृतिक धार्मिक धरोहर जानकी मन्दिरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बृहत सरसफाइ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

२ नम्बर प्रदेश जनकपुरको प्रदेश प्रहरी श्रीमती संघ र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रधुम्न कार्की, संघीय प्रहरी ईकाई कार्यालय जनकपुरका प्रमुख, दंगा नियन्त्रण प्रहरी गण ढल्लेवरका प्रमुख, २ नम्बर प्रदेश प्रहरी गणका प्रमुख, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी लगायत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार