Sunday, April 20, 2025

अत्याधुनिक प्रविधिको मौसमी राडारको उद्घाटन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको मौसमी राडारको आज (मंगलबार) उद्घाटन गरिएको छ।

नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको राडारको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन्।

राडारबाट मौसमसम्बन्धी समयमै सही सूचना सहज रुपमा प्राप्त हुने विभागले जनाएको छ।

साथै यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा बाढीपहिरो आदि घटना न्यूनीकरण गर्न सहयोग पुग्ने बताइएको छ।पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भूभागमा वास्तविक समयमा तस्बिर खिचेर पठाउँछ।

त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ? पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन?, कति परेको छ? र कति समयदेखि त्यो बादल छ? भनेर थाहा पाउन सकिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार