Sunday, April 20, 2025

गुनासो सम्बोधनबाट चार हजार ६४४ लाभग्राही

काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प पीडितको ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ ।

प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । कार्यकारी समितिले ४१० लाई सम्भावित लाभग्राही र दुई हजार ६०९ लाई प्रबलीकरण लाभग्राही कायम गरेको छ । ३५ हजार ७९ जना गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको प्राधिकरणल जनाएको छ ।

प्राधिकरणले बाँकी गुनासोहरुको शीघ्र विश्लेषण गरी नतिजा निकाल्ने जनाएको छ । छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत दर्ता भएका बाँकी गुनासो प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका चार दर्जन इञ्जिनीयरले विश्लेषण गरिरहेका छन् ।

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापत् रु ५० हजार प्राप्त गर्नेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार