Monday, June 9, 2025

पेट्रोल र डिजेलमा दुई रुपैयाँ वृद्धि

काठमाडौँ– अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ ।

अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आज सो वृद्धि गरेको निगमले जानकारी दिएको हो । आफूहरूले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर २० मूल्यान्तर रहेकामा रु १८ मूल्यान्तर हुने बताइएको छ ।

हाल पेट्रोलका प्रतिलिटर १०७ र डिजेल ९५ रहेको थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार