काठमाडौँ–काठमाडौँ महानगरपालिकाले सार्वजनिक ठाउँका सम्पूर्ण विज्ञापन हटाउन निर्देशन दिएको छ।
सोमबार सूचना जारी गर्दै महानगरले सात दिन भित्र सम्पूर्ण विज्ञापन हटाउन निर्देशन दिएको हो।
घर, कम्पाउण्ड, छत, बिजुलीका पोल, सडकमा राखिएका डिभाइडर लगायतमा राखिएका पर्चा पम्पलेट, भित्तेलेखनजस्ता अनधिकृत विज्ञापन बोर्ड आफै हटाउन महानगरले भनेको हो। आफैले नहटाए महानगरले हटाउन लाग्ने खर्च समेत असुली गर्ने जानकारी दिएको छ।
यस्ता विज्ञापन बोर्ड तथा पर्चाले वातावरणीय प्रदूषण गरी स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न, हिडडुल गर्न र प्रदुषण रहितको सुन्दर दृश्यावलोकन गर्ने अधिकारमा बाधा व्यवधान गरेको भन्दै २०७२ भदौ १६ गते सर्वोच्च अदालतले महानगरलाई व्यवस्थित बनाउन आदेश दिएको थियो।