Thursday, September 19, 2024

आजको मौसम :हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ -मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रवार
दिउँसो :देशको पश्चिमी र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। मध्य तथा पश्चिमी हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती :देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार