Thursday, September 19, 2024

पश्चिमी पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ -मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।

बिहीबार
दिउँसो :देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाका साथै मध्य तथा पश्चिमी हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहेको छ।

राती :देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाका साथै मध्य तथा पश्चिमी हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहेको छ

ताजा समाचार

सम्बन्धित समाचार