Thursday, September 19, 2024

पश्चिमी पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ -मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि बदली बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
बुधवार

दिउँसो :देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा, पश्चिमी हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात साथै मध्य हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
छ।

राती :देशको पश्चिमी भूभागमा सामान्य बदली रही मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा, पश्चिमी हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात साथै मध्य हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार