Thursday, September 19, 2024

विकासले निम्त्याएको विनाश : छिया छिया हुँदैछन् पहाड(फोटो फिचर)

नुवाकोट– पछिल्लो समय देशभर सडक  तथा अन्य विभिन्न विकास निर्माणका कार्य तीव्र गतिमा अगाडि बढेको छ। तर, सोही सडक निर्माणले कुनै बेला हरियाली र सुन्दर देखिने पहाडलाई उजाड बनाउँदै गएको छ।
सडक निर्माणको नाममा जथाभावी रुपमा पहाडलाई छिया छिया बनाउने कार्य भइरहेको छ। विशेषगरी काठमाडौँ आसपासका जिल्लाहरूमा विकासका नाममा खनिएको सडकले पहाडलाई छिया छिया मात्र बनाएको छैन त्यहाँका रुख विरुवा मासिदा सुन्दर र हरियो देखिने पहाड उजाड देखिन थालेको छ।
अहिले देशकाे हरेक स्थानीय स्तरमा सडक सञ्जाल जोडिएको छ। स्थानीय सडक सञ्जालमा कृषि सडकसहित जिल्ला र गाउँस्थित सडकहरू पर्दछन्। यी मध्ये मुख्यतः गाउँका सडकहरू स्थानीय समुदायबाटै जथाभावी निर्माण गरिने हुँदा आवश्यक प्राविधिक मापदण्ड वा वातावरणीय जोखिम न्यूनीकरणका उपायहरू अवलम्वन गरिएका हुँदैनन्। परिणाम स्वरुप त्यस्ता सडकका कारण पहाडी र हिमाली क्षेत्रमा पहिरो तथा अन्य वातावणीय क्षतिका घटनाहरू बढ्दै गइरहेका छन्। देशको प्रत्येक गाउँ गाउँमा सडक पुग्नु सकारात्मक भएपनि जथाभावी रुपमा बाटो खन्दा पहाड उजाड बन्दै गएको छ।हाकाहाकीकर्मी अमिष रेग्मीले काठमाडौँदेखि धादिङ, नुवाकोट र रसुवामा भएका स्थानीय सडक सञ्जाल र त्यसले पारेको क्षतिको तस्बिर क्यामेरामा कैद गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार