Thursday, September 19, 2024

सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– देशको हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेपनि सुदूर–पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै बुधबार देशको पश्चिमी भूभागमा सामान्य बदली रही मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहको महाशाखाले जनाएको छ।

बिहिबार देशैभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनेछ।

हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार