Thursday, September 19, 2024

चितुवाको छाला किनबेच गर्ने छ जना पक्राउ

काठमाडौँ -धादिङ गजुरी गाउँपालिका-२ चालिसेमा अवैध रूपमा चितुवाको छाला किनबेच गर्न लागेको अवस्थामा ६ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ बस्ने ३८ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञान बहादुर बिक, सोही गाउँपालिका-४ बस्ने २५ वर्षीय आशिष् तामाङ, बेनिघाट रोराङ गाउँपालिका-२ बस्ने ५७ वर्षीय सन्त तामाङ र सोही गाउँपालिका-३ बस्ने २१ वर्षीय राजकुमार तामाङ रहेका प्रहरीले बताएको छ।

उक्त स्थानमा चितुवाको छाला किनबेच हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले चितुवाको छाला १ थान, बा.१८ प ९६९३, ग.६प १६४५ र ग.७ प ५९६३ नम्बरका ३ वटा मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार