Friday, September 20, 2024

तिनाउ नदीमा एक लाख माछाका भुरा छाडियो

काठमाडौँ– रुपन्देहीको सियारी अमुवामा रहेको तिनाउ नदीमा कार्प जातका एक लाख माछाका भुरा छाडिएको छ।

विश्व मत्स्य दिवसको अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मत्स्य सुपरजोन रुपन्देही, नेपाल मत्स्य व्यवसायी सङ्घ, जिल्ला कार्य समिति, रुपन्देही, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन श्रोत केन्द्र, ठुठीपिपल भैरहवा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. ५, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सियारी गाउँपालिका–५ अमुवा पुल नजिकै माछाका भुरा तिनाउ नदीमा छाडिएको हो। गतवर्ष पचास हजार माछाका भुरा नदीमा छाडिएको थियो।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ बुटवलका सचिव तेज बहादुर सुवेदीले माछा उपभोगसँगै पर्यटन भित्राउने बाटो समेत रहेको बताए।

पछिल्लो समय नदी प्रदूषित तथा विनाशकारी तरीकाले माछा मार्दा नदीमा माछा पाउन छाडेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार