Friday, September 20, 2024

जडिबुटीसहित वनका अध्यक्ष र सचिव पक्राउ

बाजुरा -प्रहरी १ क्विन्टल कटुकी नामक अवैध जडिबुडीसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले हिमाली गाउँपालिका-१ बामुस्थित देबीडाँडा सामुदायिक वनबाट करिब १ क्विन्टल कटुकी नामक अवैध जडिबुडीसहित सोही वनका अध्यक्ष ३२ वर्षीय राज बहादुर भण्डारी र सचिव ५० वर्षीय बियलाल रोकाया बुधबार दिउँसो पक्राउ गरेको जनाएको छ।

उक्त वनमा अबैध रुपमा जडिबुडी संकलन भइरहेको छ भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी बिछ्यिा र वनका कर्मचारीसहितको संयुक्त टोलीले उक्त परिमाणको जडिबुटीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार