Friday, September 20, 2024

चिसो र शीतलहरबाट जनतालाई सुरक्षित राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ –गृहमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरको समयमा पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

मङ्गलवार गृहमन्त्रालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा मन्त्री थापाले चिसो तथा शीतलहरमा सक्रिय हुन सबै निकायलाई पूर्वतयारीको लागि निर्देशन दिएका छन्।

मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरु समेतलाई पूर्वतयारी गर्न निर्देशन दिएका छन्।

जाडो मौसम सुरु भएसँगै चिसो,हिमपात तथा शीतलहरबाट हुन सम्ने प्रभावलाई न्युनिकरण तथा रोकथाम गर्नका लागि पूर्वतयारी गर्न तथा चिसोको कारण कसैको पनि मुत्यु हुन नदिन नेपाल सरकारको नीति अनुरुप सबै निकायले समयमै आवश्यक तयारी गर्ने मन्त्री थापाले निर्देशन दिएका छन्।

मन्त्री थापाले जिल्ला प्रशासन कार्यालय विपद् व्यवस्थापनको क्षेत्रमा सम्बन्धित जिल्लामा रहेका गैर सरकारी संघसंस्थाहरुलाई समेत हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्वतयारीमा सहभागी गराउने गरी समन्वय गर्न निर्देशन दिएका छन्।

चिसो हिमपात तथा शितलहरका कारण २०७४ सालमा ४८ जनाको मृत्यु भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार