वन मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं -वन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-१९ बस्ने प्रयाग नुनियालाई सोमबार पक्राउ गरेको हो।

जिल्ला अदालत बाराको २०६१ चैत १६ गतेको फैसलाले वन मुद्दामा १ वर्ष कैद ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।

नुनियालाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार