Wednesday, October 23, 2024

पत्रपत्रिकामा वातावरण : उपत्यकाको पानी पिउनै अयोग्य, वन मन्त्रालयको नयाँ संरचना

काठमाडौं–आज अन्नपूर्ण पोस्ट दैनिकले ‘उपत्यकाको पानी पिउनै अयोग्य’ शीर्षकमा समाचार प्रकाशित गरेको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उपत्यकाको पानी पिउन योग्य नरहेको जनाएको छ। अन्नपूर्णका अनुसार नास्टले गत वर्ष वैशाखदेखि चैतसम्म करिब १ हजार पानीका नमुुना परीक्षण गरेको थियो। अन्नपूर्णमा खगेन्द्र भण्डारी अगाडि लेख्छन्, ‘हामीले यो एक वर्षमा ९ सय २५ वटा नमुुना परीक्षण ग¥यौं’, नास्टका वरिष्ठ वैज्ञानिक डा.भोजराज पन्तले भने, ‘संकलित कुुनै पनि पानी ढुुक्कले पिउनयोग्य देखेनौं।’

‘वन मन्त्रालयले बनायो नयाँ संरचना’ शीर्षकमा कान्तिपुरमा समाचार छ। वन तथा वातावरण मन्त्रालय र मातहतका विभागले नयाँ सांगठनिक संरचना तयार पारेका छन्। नयाँ संरचना अनुसार वन तथा वातावरण मन्त्रालयमा ६ वटा महाशाखा हुनेछन्। अहिले भएका विभागबाट घटाएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तू,वन तथा भू–संरक्षण र वातावरण गरी तीनवटा मात्र विभाग रहनेछन्।

बेच्ने बेला भएका केरामाथि असिना बज्रिदा किसानलाई क्षति पुगेको समाचार कान्तिपुरमा छ। पृष्ठ नम्बर १३ मा धनगढीका मोहन बुढाऐरले धनगढीदेखि सत्तीखक्रौलासम्मको ६२ किलोमिटर हुलाकी मार्ग निर्माणमा रुख कटान नहुँदा समस्या देखिएको खबर लेखेका छन्।

यस्तै, सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिकाको ठोकर्पास्थित रतुवापाटी सामुदायिक वनलाई अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र बनाउन थालिएको समाचार पनि कान्तिपुरमै छ।

यसैगरी, बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाले वन्यजन्तूले पुर्याउदै आएको नोक्सानीको क्षतिपूर्ति ढिलो र निकै न्युन पाउने गुनासो गरेका छन्। यसैगरी मनोहरा खोलाको कटानले चाँगुनारायण नगरपालिका ४ हलचापस्थित कुँइकेल गाँउका ५० घर जोखिममा परेका छन्। यसैगरी, ‘चुनौतीपूर्ण बन्दै अस्पतालजन्य फोहोर ’ शीर्षकको समाचार पनि कान्तिपुरमै छ ।

‘वैकल्पिक लोकमार्गको आडमा तयारी गिट्टी भारत निकासी’ शीर्षकमा नागरिक दैनिकमा समाचार प्रकाशित छ। मिथिलेश यादवले उदयपुरबाट लेखेको समाचारमा निर्माण सामग्री प्रशोधन प्लान्टको बोर्डमुनि क्रसर उद्योग सञ्चालनमा रहेको उल्लेख छ।

‘हात्तीले भत्काएकै घरमा डराएर बस्दै पीडित’ शीर्षकमा चितवनबाट सविता श्रेष्ठले खबर लेखेकी छिन्। बैशाख ८ गते राती भरतपुर महानगरपालिका वडा नम्बर ६ , खड्गौरीमा हात्तीले ५ घरमा क्षति पुर्याएको थियो। त्यही घरमा डराइ–डराइ उनीहरु बसिरहेका छन्।

यस्तै मकवानपुर प्रहरीले पाटे बाघको छालासहित पक्राउ गरेको समाचार पनि नागरिकमै छ। यसैगरी सर्लाहीको नवलपुर–मलंगवा सडकखण्ड कालोपत्रे नहुँदा धुलोले सर्वसाधारणलाई हैरान पारेको खबर पनि सोही पत्रिकामा छ। ‘करौडांै मूल्यका केरा नोक्सान, ७० प्रतिशत किसान बीमा बाहिर’ तथा ‘ पूर्जीबिनै यार्सागुम्बा संकलन सुरु ’ शीर्षकको समाचार पनि नागरिकमै छ। सगरमाथा आरोहणका लागि क्याम्प चारसम्मको बाटो खुलेको समाचार पनि सोही पत्रिकामा छ।

सगरमाथा आरोहणका लागि क्याम्प चारसम्मको बाटो खुलेकोसँग सम्बन्धीत समाचार राजधानी दैनिकमा पनि छ । ‘पानी व्यवस्थापनको सरोकार’ शीर्षकको विचार राजधानीमा हरिबहादुर थापाले लेखेका छन्। नयाँ पत्रिकामा ‘पर्वतको नदीजन्य पदार्थ उत्खननमा संलग्नलाई उन्मुक्ति’ शीर्षकको समाचार छ ।

ताजा समाचार

सम्बन्धित समाचार