Monday, March 31, 2025

वन्यजन्तु पीडित परिवारलाई राहत

डोटी–खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका सात वन्यजन्तु पीडित परिवारलाई राहत वितरण गरिएको छ।

खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका कार्यालय प्रमुख राजु घिमिरेले राहत प्राप्त गर्ने मध्य ५ चितुवा र २ जना भालुको कारणबाट रहेको बताए।

राहत पाउनेहरूमा पुर्बिचौकी–५ काडामाण्डौका भाने साउद, ददि धानुक चेतबहादुर धानुक सोही गाउँपालिकाका– ३ गैरागाउँका पदमे ठकुल्ला, सायल गाउँपालिका–डौडका मानबहादुर बोगटी साँफेबगर नगरपालिका–१४ अछामका नवराज खड्का र खप्तड छान्ना गाउँपालिका बझाङ दानबहादुर चौहानलाई राहत वितरण गरिएको प्रमुख घिमिरेले जानकारी दिए।

वन्यजन्तु पीडितलाई ०७६ श्रावण १६ गतेदेखि असोज १ गतेसम्म आक्रमणमा परेका व्यक्तिलाई राहत तथा उपचार स्वरूप रकम प्रदान गरिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार