Thursday, September 18, 2025

जडीबुटीसहित तीन जना पक्राउ

काठमाडौँ -बाँके इलाका प्रहरी कार्यालय कोहलपुर र ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान ब्युरोबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले कोहलपुर नगरपालिका-११ लोकनगरबाट अवैध रूपमा खरिद बिक्री गर्न लिइ हिँडेको पाँचऔले जडीबुटी ३ केजी ७ सय ३० ग्रामसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिकोट पचालझरना गाउँपालिका५ बस्ने ४६ वर्षीय अग्र बमसहित तीन जनालाई रहेका छन्।

पक्राउ तीनै जनालाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि इलाका वन कार्यालय कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार