Friday, September 20, 2024

देशको पूर्वी तथा मध्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले देशको मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको जनाएको छ।

मङ्गलवार
दिउँसो :देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मङ्गलवार महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

राती :देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

ताजा समाचार

सम्बन्धित समाचार