Friday, September 20, 2024

दिल्लीमा प्रदूषणको असर: रेष्टुरेन्ट र मनोरञ्जन उद्योगमा मन्दी

काठमाडौँ– केही महिना यता भारतको राजधानी नयाँ दिल्ली प्रदूषणको उच्च चपेटामा छ। विद्यालयहरु बन्द छन्, निर्माण कार्य रोकिएको छ भने केहीले स्वच्छ हावाको लागि कृत्रिम अक्सीजन समेत लिन थालेका छन्।

प्रदूषणको असर यतिमा मात्र सिमित छैन्। प्रदूषणले रेष्टुरेन्टमा खान जाने अथवा खुला सडकमा खानेको संख्या समेत घटेको छ। विशेषत रेष्टुरेन्ट र मनोरञ्जनसँग सम्बन्धीत उद्योगको व्यापार १० प्रतिशतसम्मले घटेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। यसका पछाडी दुई कारण रहेका छन् , पहिलो मान्छेहरु प्रदूषणका कारण घरभित्र वसिरहेका छन् भने केही प्रदूषण छल्लनका लागि दिल्ली बाहिर समेत गएका छन्।

‘नोभेम्बरमा हाम्रो आम्दानीमा १० प्रतिशतले कमि आएको छ,’ बियर क्याफेका प्रवद्र्धक राहुल सिंहले भने, ‘विशेषगरी दिवालीपछि यस्तो अबस्था आएको छ। वियर क्याफेको नयाँ दिल्लीमा १७ वटा आउटलेट रहेका छन्। त्यसैगरी सिनेमा हलहरुको व्यापारमा समेत गिरावट आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार