Friday, September 20, 2024

पूर्वी पहाडी क्षेत्रमा छिटपुट वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले भारतको राजस्थानमा न्यून चापीय प्रणाली रहनुका साथै दक्षिण पश्चिमी बंगालको खाडीदेखि मध्यपूर्व बंगालको खाडीसम्म न्यून चापीय रेखा कायम रहेकोले यसको सामान्य असर नेपालमा परेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भूभागमा आंशिक बदली रहेको छ।

आइतबार
दिउँसो :देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, मध्य पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आइतबार जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ साथै पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ।

राती :देशका पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार