Friday, September 20, 2024

धनगढी विमानस्थल एक महिना बन्द हुने

धनगढी– धनगढी विमानस्थल एक महिना आंसिक बन्द हुने भएको छ। धावन मार्ग मर्मत सम्भार र स्तर बृद्धिका लागी मंसिर एकदेखि विमानस्थल बन्द हुन लागेको हो।

धावन मार्गमा मर्मत सम्भार र स्तर बृद्धिको काम बाँकी रहेकाले मंसिर एकदेखि दिउँसो तीनदेखि ७ बजेसम्म एक महिना बिमानस्थल बन्द रहने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढाथापाले जानकारी दिए।

गत जेठमा १८ सय मिटर मध्ये चार सय २० मिटर कालोपत्रे धावन मार्गमा र पार्किङ क्षेत्रमा ओभरको बाँकी काम रहेकोले विमानस्थल आसिंक बन्द गर्न लागेको प्रमुख बुढाथापाले बताए।

ताजा समाचार

सम्बन्धित समाचार