Friday, September 20, 2024

चिसो शुरु भएसँगै हिमपात पूर्वतयारीका योजना बनाउँदै

रुकुमपूर्व -प्रदेश नम्बर ५ को एकमात्र हिमाली जिल्ला रुकुम ९पूर्व० मा चिसो शुरु भएको छ । चिसो शुरु भएसँगै हिमपात हुने भन्दै हिमपातबाट प्रभावित नागरिकलाई सहयोग तथा उद्धारका लागि विपद् व्यवस्थापन समिति रुकुम ९पूर्व० ले हिमपात पूर्वतयारीका योजना बनाउन थालेको छ ।

विपद् व्यवस्थापन समितिले जिल्लास्थित तीनवटै स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा चिसो र हिमपातले प्रभावित हुनसक्ने बस्तीको पहिचान गरेको छ । स्थानीय तहको रुपमा सबैभन्दा बढी चिसो तथा हिमपातबाट प्रभावित हुने गाउँपालिका पुथा उत्तरगङ्गा रहेको छ । त्यसैगरी क्रमशः भुमे र सिस्ने गाउँपालिका रहेको विपद् व्यवस्थापन समिति अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए। उनका अनुसार चिसो तथा हिमपातबाट प्रभावित हुने सबैभन्दा बढी पुथा उत्तरगङ्गा गाउँपालिकाका बस्ती रहेका छन् । क्रमशः भुमे र सिस्नेका बस्ती रहेका छन् ।

यस वर्ष जिल्लाका ७०० घरधुरीका तीन हजार ५०० भन्दा बढी नागरिक चिसो तथा हिमपातबाट प्रभावित हुनसक्ने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत वर्ष पनि जिल्लामा हिमपातका कारण थुप्रै मानिस चिसोले प्रभावित भएका थिए तर जिल्लामा यसपटक पनि राहत तथा उद्धारका सामग्री पर्याप्त मात्रामा संकलन गर्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालयमा अहिले गैठी, बेल्चा, डोरीलगायतका सामान मात्र रहेको जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व० का प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरबहादुर सुनारले जानकारी दिए । त्यसैगरी सशस्त्र प्रहरी बल र खड्ग दल गणसँग पनि त्यति नै सामान रहेको बताइएको छ ।

विपद् प्रभावित प्राथमिकताका क्रममा पुथा उत्तरगङ्गा गाउँपालिकामा सबैभन्दा अगाडि हिमपात हुने गरेको छ । त्यसैगरी महामारी, पहिरो, आगलागी, भूकम्प, सडक दुर्घटना, चट्याङ, हुरीबतास, बाढी आदि रहेका छन् । भुमे गाउँपालिकामा बाढी पहिरो पहिलो नम्बरमा र अन्य क्रमशः सडक दुर्घटना, आगलागी, भूकम्प, महामारी, हिमपात, चट्याङ र हुरीबतास रहेका छन् । त्यसैगरी सिस्ने गाउँपालिकामा पहिलो नम्बरमा पहिरो र क्रमशः बाढी, आगलागी, सडक दुर्घटना, महामारी, हुरीबतास, हिमपात, चट्याङ र भूकम्प रहेका छन् ।

तीनवटै गाउँपालिका विपद् प्रभावित भएको र अहिले उपलब्ध सामान पर्याप्त नभएकाले अझै आवश्यक सामान खरीद गर्नुपर्ने अवस्था रहेको प्रजिअ अर्यालले बताए। भौगोलिक रुपमा विकट मानिएको रुकुम ९पूर्व० का सबै ठाउँमा पुग्न सहज छैन । विकासको क्रममा पछि रहेको यस जिल्लामा भनेको समयमा पुग्न र उद्धार तथा राहातका सामान पनि पु¥याउन सक्ने अवस्था नरहेको प्रजिअ शर्माले बताए।

“जिल्लाको सबै ठाउँमा यातायात र सञ्चारको सुविधा छैन”, प्रजिअ अर्यालले भने, “कतिबेला कहाँ के हुन्छ भन्ने कुरा थाहा हुँदैन र भएका गतिविधिको जानकारी पनि तत्काल प्राप्त गर्न सक्ने स्थिति छैन ।” त्यसैले जिल्लावासी सजग भएर बस्नुपर्ने उनको भनाइ छ । जनतालाई राहत महसुस हुने गरी विपद् पूर्वतयारी गर्न स्थानीय तहलाई प्रजिअ अर्यालले आग्रहसमेत गरे ।

विपद् व्यवस्थापनमा स्थानीय तह

विपद् व्यवस्थापनको लागि जिल्लाका तीनवटै स्थानीय तहले बजेट विनियोजन गरेका छन् । सिस्ने गाउँपालिकाले यस आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको सिस्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विमला रोका श्रेष्ठले जानकारी दिए। खर्च नभएर कोषमा जम्मा भएको गत वर्षको रु पाँच लाखभन्दा बढी रकमसहित विपद् व्यवस्थापनको लागि रु २५ लाखभन्दा बढी रकम रहेको उनको भनाइ छ ।

पुथा उत्तरगङ्गा गाउँपालिकाले विपद् व्यवस्थापनको लागि रु १९ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा हिमपातबाट प्रभावितलाई न्यानोका लागि २५ थान कम्बल, २५ थान त्रिपाल र १५ थान भाडा सेट रहेको उनको भनाइ छ ।

त्यसैगरी भुमे गाउँपालिकाले यस आवमा विपद् व्यवस्थापनको लागि रु छ लाख छुट्याएको र पहिले नै कोषमा जम्मा भएको रु पाँच लाख ३२ हजार गरी रु ११ लाख ३२ हजार रकम रहेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए। त्यसैगरी गाउँपालिकामा २२ थान न्यानो कम्बल रहेको पनि उनले जानकारी दिए। जिल्लामा हिमपातपश्चात् हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय तहले योजना बनाएर काम गर्ने बताएका छन् ।

रुकुम ९पूर्व० मा मङ्सिरको अन्तिम सातादेखि माघको महिनासम्म जिल्लाका विभिन्न उच्च हिमाली तथा लेकाली क्षेत्र तथा बस्तीमा हिमपात हुने गर्दछ । हिमपातले गर्दा वर्षेनी उच्च हिमाली तथा लेकाली क्षेत्रमा बसोवास गर्ने नागरिकको जनजिवन प्रभावित हुने गरेको छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार