Saturday, December 13, 2025

भालुको आक्रमणबाट एक जना गम्भिर घाइते

कैलाली–भालुको आक्रमणबाट बाजुरा त्रिवेणी नगरपालिका–९ बाँगापाटामा ३३ वर्षीय दिर्घबहादुर थापा गम्भीर घाइते भएका छन्।

शनिबार बिहान खोया लेकमा भैँसीलाई घाँस काट्न गएका थापामाथि भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको बाजुरा प्रहरीले जनाएको छ।

घाइते थापाको अछाम बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार