Friday, September 20, 2024

पश्चिमी र मध्य उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले हाल देशका मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको जनाएको छ।

शनिवार
दिउँसो :देशका मध्य र पश्चिमी भूभागमा आंशिकदेखी सामान्य बदली तथा पूर्वी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। मध्य र पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी र मध्य उच्च हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शनिवार जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

राती :देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।्र उच्च हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार