Friday, September 20, 2024

पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणाली रहनुका साथै भारतको राजस्थानमा अर्को निम्न चापीय प्रणाली विकसित भएको मौसमी प्रणालीहरूको सामान्य असर नेपालको पश्चिमी भू भागमा परेको जनाएको छ।

महाशाखाले हाल देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।

शुक्रवार
दिउँसो :देशको पश्चिमी भूभागमा आसिंकदेखि सामान्य बदली र मध्य पहाडी भूभागमा आसिंक बदली रहने र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शुक्रवार जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

राती :देशको पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा मध्य पहाडी भूभागमा आंसिक बदली रहने र अन्य भूभागमा मौसम सामान्यतया सफा रहनुका साथै पश्चिमी उच्च हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार