Friday, September 20, 2024

पश्चिमी पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले देशका पश्चिमी भूभागमा सामान्य बदली र मध्यमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा र छ।

बिहीबार
दिउँसो :देशको पश्चिमी भूभागमा सामान्य बदली तथा मध्य र पूर्वी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहीबार जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ। साथै पश्चिमी उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

राती :देशको पश्चिमी भूभागमा सामान्य बदली तथा मध्य र पूर्वी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै पश्चिमी उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार