Friday, September 20, 2024

पश्चिमी उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले एउटा कमजोर निम्न चापीय प्रणालीका कारण पश्चिम नेपालमा यसको सामान्य प्रभाव देखिएको जनाएको छ।

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।

बुधवार
दिउँसो :देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा महाशाखाले बताएको छ।

राती :देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भूभागको १ र २ स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

ताजा समाचार

सम्बन्धित समाचार