Friday, September 20, 2024

पर्यटकका लागि कर्णाली राजमार्गमा अग्र्यानिक घरवास

दैलेख-देश–विदेशका पर्यटकको रारामा आकर्षण बढेका बेला कर्णाली राजमार्गको दैलेख खण्डमा उचित खानपीनको व्यवस्थापनमा चुनौती कायमै रहेको छ । पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै कर्णाली राजमार्गमा अग्र्यानिक घरवास (होमस्टे) सञ्चालन गरिएको छ ।

कर्णाली राजमार्गअन्तर्गत सुवाछेडामा घरवास शुरु गरिएको हो । दुल्लु नगरपालिका–२ सुवाछेडामा सञ्चालन गरिएको ‘अग्र्यानिक कृषि होमस्टे’ को दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले सोमबार उद्घाटन गरेका थिए। पछिल्ला दिनमा रारा आवतजावत गर्ने पर्यटकको वृद्धि भएसँगै सुविधाका लागि स्थानीयस्तरबाटै घरवास सञ्चालन गरिएको नगरप्रमुख भण्डारीले बताए।

घरवासका लागि अहिले १० घरका स्थानीयवासीको सहमति भएको छ । स्थानीयस्तरमा उत्पादन भएको गिठ्ठा, दूध, दही, माछा, लोकल कुखुरा, खसीको मासु, तरुल, ढिँडो, रोटी, फलफूललगायतका परिकार मात्र बिक्री वितरण गर्ने घरवास सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए। घरवास सञ्चालनका लागि नगरपालिकाले रु पाँच लाख रकम सहयोग गरेको छ भने घरेलु तथा साना उद्योग समितिले तालीम प्रदान गरेपछि कृषकलाई सहज भएको छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार