Friday, September 20, 2024

शुक्लाफाँटामा नयाँ चरा पत्ता लगाउन अध्ययन

कञ्चनपुर–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चराकोे अवस्थाबारे अध्ययन गर्न १६ सदस्यीय टोली खटाएको छ।

निकुञ्जले चराको वासस्थान, आहाराको अवस्था, नयाँ चरा पत्ता लगाउन र चराका प्रजातिबारे अध्ययन गर्न टोली खटाएको हो।

टोलीमा निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, नेचर गाइड र सिद्धनाथ विज्ञान क्याम्पसका विद्यार्थी गरी १६ जना रहेका छन्।

बाइना कुलर र विशेष प्रकारको क्यामेराको माध्यमले चराको अध्ययन भइरहेको निकुञ्जले जनाएको छ।
टोलीले निकुञ्जको शुक्लाफाँट, महाकाली नदी, शिकारी ताल, रानीताल, सलगौंडीताल, बाबा ताललगायतका ताल र

सीमासार क्षेत्रसँगै वन क्षेत्रमा चराको अवस्थाबारे अध्ययन गर्ने निकुञ्जका सूचना अधिकारी उत्तम चौधरीले बताए।
निकुञ्जमा ४२४ प्रजातिका चरा पाइन्छ।

ताजा समाचार

सम्बन्धित समाचार