यस्तो देखियो ‘अकुपाइ टुँडिखेल’ (तस्वीरमा हेर्नुहोस्)

काठमाडौँ– टुँडिखेल खुल्ला हुनुपर्ने माग गर्दै आज (शनिबार)बाट ’अकुपाइ टुँडिखेल’ अभियान शुरु गरिएको छ।

रत्नपार्कदेखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म मानव साङ्लो बनाएर अभियानको सुरुवात गरिएको हो।मानव साङ्लो सहित विभिन्न जनचेतनामुलक प्लेकार्ड र ब्यानरहरू प्रदर्शन गरिनुका साथै नाराहरू सहितको बेलुन उडाइएको थियो।

नागरिकस्तरबाट आयोजित यो कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरू, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ लगायत सर्वसाधारणको सहभागीता रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार