Friday, September 20, 2024

लाटोकोसेरोको बच्चासहित दुई पक्राउ

काठमाडौँ– लाटोकोसेरोको बच्चासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग मण्डिखाटारबाट खटिएको प्रहरीले बुढानीलकण्ठ नगरपालिका–९ खाली चौरबाट लाटोकोसेरोको बच्चासहित २ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौँ कपन बस्ने काभ्रे खानिखोला घर भएका २२ वर्षीय प्रवीण तामाङ र पाँचथर दुरविम्बा घर भएका २३ वर्षीय अमित लिम्बु रहेका प्रहरीले बताएको छ।

उनीहरूलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार