Saturday, April 19, 2025

वन मुद्दाका फरार प्रतिवादी २८ वर्षपछि पक्राउ

काठमाडौँ– वन मुद्दामा फरार रहेका बारा जितपुर सिमरा उपमहानगरपालिका–२ का ५० वर्षीय रुस्तम लामालाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ।

उनलाई इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको हो।

वन मुद्दामा नारायणी अञ्चल अदालतको २०४७ फागुन ८ गतेको फैसलाले २ महिना कैद र ३ सय ४० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

लामालाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार