Saturday, September 21, 2024

भालुको पित्त ओसारपसारको आरोपमा महिला पक्राउ

काठमाडौँ -भालुको पित्त ओसारपसारको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुबाट ३४ वर्षीया मित्रलक्ष्मी राईलाई पक्राउ गरेको हो।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि घरमा आएर लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँमा मुद्दा दर्ता भएर ७ कात्तिकमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि महिला फरार रहेको भोजपुर प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धान र कारवाहीका लागि महिलालाई डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँमा बुझाएको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार