Saturday, September 21, 2024

पश्चिमी पहाड तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ -मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

शुक्रवार
दिउँसो :देशभरआंशिक देखि सामान्य बदली रहने तथा देशको पश्चिमी पहाडी भू(भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ । हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती :देशको पूर्वी भूभागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहने छ। पहाडी भू(भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार