Saturday, September 21, 2024

बाजुरामा आलु महोत्सव

बाजुरा–बडीमालिका नगरपालिका–७ ढम्कनेमा आलु महोत्सव सूरू भएको छ।

ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा आलु महोत्सव भएको हो।

बुधवार विशेष कार्यक्रमका बिच महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री विना चौधरीले गरिन्।
आलु खेतीको उत्पादनकत्वमा वृद्धी तथा व्यवसायिकतामा सहयोग पुर्‍याउने उद्देश्यले आलु महोत्सवको आयोजकले बताएको छ।

उक्त महोत्सव २२ गते सम्म लाग्ने आयोजकले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार