Saturday, September 21, 2024

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जनाएको छ।

बिहीबार
दिउँसो :देशको पश्चिम र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती :देशको पश्चिम भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडी भूभागमा एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार