Saturday, September 21, 2024

नगरमा ३८ डस्टबीन वितरण

कञ्चनपुर– बेलौरी नगरपालिकाले सफा सुन्दर नगर बनाउने भन्दै नगरभित्र ३८ डस्टबीन वितरण गरेको छ।

नगरपालिकाले बेलौरी, गोकुलपुर र कलकत्ता बजार क्षेत्रमा सो डस्टबीन वितरण गरिएको हो। बेलौरी नगरपालिकाले बेलौरी उद्योग वाणिज्य संघलाई उक्त डस्टबीन हस्तान्तरण गरेको हो।

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बजारकोे फोहोर सङ्कलन एवम् स्वच्छ, सुन्दर, वातावरण बनाउनका लागि डस्टबिन वितरण गरिएको बताए।

नगर प्रमुख चौधरीका अनुसार ४१ वटा डस्टबीन खरिद गरिए्को मध्ये ३ वटा नगरपालिका कार्यालयमा राखिएका छन् भने ३८ वटा डस्टबीन नगरका अन्य मुख्य क्षेत्रका लागि उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार