Sunday, December 14, 2025

बाघको आक्रमणबाट माउते मंगरूको मृत्यु

काठमाडौँ–बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय हात्तीसारमा कार्यरत कर्मचारी मंगरू थारु माथी बाघले आक्रमण गर्दा मृत्यु भएको छ।

ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय थारुको निकुञ्जभित्रको गैँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रूपमा कार्यरत थिए।

ताजा समाचार

सम्बन्धित समाचार