Saturday, September 21, 2024

पश्चिमी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पश्चिम क्षेत्र लगायत पहाडी भूभागमा आंशिक बदली छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

बुधवार
दिउँसो :देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

राती :देशको पश्चिम भू-भाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पश्चिमी भूभागको १ र २ स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार