Sunday, November 24, 2024

जलवायुमैत्री कृषि प्रविधिमा किसानकोे आकर्षण बढ्दो

कैलाली–कञ्चनपुुरको महाकाली नगरपालिका–६ स्थित कालागड गाउँका स्थानीयले जलवायुुमैत्री कृषि प्रविधि अपनाएर खेती गर्दै आएका छन्। कालागडमा गठित सामुदायिक जलीय जैविक विविधता संरक्षण समूहका सदस्यले प्लास्टिक टनेलमा टमाटर हुर्काउँदै छन्। प्रविधिको उपयोग गरेर पहिलेभन्दा धेरै आम्दानी गर्ने तयारीमा जुटेका छन् उनीहरू।

‘यो टनेल बनाएको लगभग एक महिना जति भयो । परम्परागत खेती मौसमी मात्र हो । टमाटर चैत वैशाखतिर मात्र फल्छ। तर टनेलमा चाहिँ जतिबेला पनि लगाउन सक्ने भयौँ हामी,’ कालगड सामुुदायिक जलीय जैविक विविधता संरक्षण समूहका अध्यक्ष दिलबहादुर सिजालीले भने । सिँचाई सुविधाका लागि थोपा सिँचाई प्रविधि पनि जडान गरेका छन् । यो समूहमा ७ जना छन् । समूहका सदस्यले सिकेको ज्ञानलाई व्यवहारिक बनाउन सफल भएका छन् ।

‘भोलिका दिनमा यसलाई व्यवसायीकरण गर्दै अर्ग्यानिक उत्पादन गरौँ भन्ने हाम्रो सोच छ । हामीलाई नयाँ लाग्यो खुसी पनि छौँ । प्रविधिमा आधारित खेती गर्न सकिने रैछ भन्ने कुराको महसुस भयो,’ अध्यक्ष सिजालीले भने । कृषि प्रविधिको ज्ञानबारे जानकार भइसकेका किसानहरू नियमित भेला हुन्छन् । जलवायुुमैत्री कृषि प्रविधिको ज्ञानले जुटाएको सहभागिता हो यो । हिजोका दिनमा एक्ला–एक्लै करेसा बारीमा तरकारी लगाउने स्थानीयहरू अहिले व्यावसायिक कृषिमा जुुटेका छन् ।

कालागड सामुुदायिक जलीय जैविक विविधता संरक्षण समूह जस्तै क्रियाशील अर्को समूह हो रामपुुरे टापुु जलीय जैविक विविधता संरक्षण समूह । यो कृषक समूहले पनि प्लास्टिक टनेल खेती गरिरहेको छ । यस समूहमा २० जना छन् । समूहका सबै जना मिलेर टनेल बनाइ टमाटर र खुर्सानी लगाएका छन् । अब केही समयपछि यसबाट आम्दानी आउन सुरु हुनेछ । किसानहरूको सामुुहिक मेहनतको परिणाम हो, यहाँ हुुर्किदै गरेका टमाटर र खुर्सानी । किसानहरूले आफैँ बेर्ना बनाएर तरकारी लगाएका हुन् ।

‘पहिला खुर्सानीको र भेडे खुुर्सानीको बीउ राखिम, बेर्ना सारिम । योभन्दा पहिला यसरी कहिले गरेका थिएनौँ । टनेलमा खेती गर्दा घाम किराबाट बचाउँन सकिन्छ । यसमा थोपा सिँचाई गर्न, किराबाट बचाउन सजिलो हुुन्छ । थोरै जमिनमा पनि धेरै आम्दानी हुुन्छ,’ रामपुुरे टापुु सामुुदायिक जलीय जैविक विविधता संरक्षण समूहकी सचिव जल्सा रजालीले भनिन् । परीक्षणका लागि टमाटर र खुुर्सानी लगाएका किसानले अरू पनि थुप्रै बेमौसमी तरकारी लगाउने योजना बनाएका छन् । समूहमा मात्रै नभएर व्यक्तिगत रूपमा पनि टनेल खेती गर्ने सोच किसानमा आइसकेको छ ।

‘टनेल घर बनाउन सिकियो, यसरी लगाइएको थिएन । अब खेतबारीमा पनि काम गरम भनेर सोचेका छौँ । आफ्नो बारीमा पनि टनेल बनाएर उत्पादन बढाउने सोच भैसकेको छ,’ समूहका सदस्य पदमसिंह अधिकारीले भने । जलवायुुमैत्री कृषि प्रविधिलाई थप सहज बनाउन सोलार प्यानलबाट मोटर जडान गरिएको छ । जसका कारण सहजै तरकारीमा थोपा सिँचाई हुुन्छ । यस्ता आधुनिक प्रविधिलाई अहिले प्रत्यक्ष अनुभव गरिरहेका छन् त्यहाँका किसानले । समयको पनि बचत हुुने हुँदा किसानका लागि यो प्रविधि निकै उपयोगी छ ।जलवायुुमैत्री कृषि प्रविधिबारे जानकार किसानहरूले जैविक विषादी बनाउन पनि जानेका छन् । हुुर्कँदै गरेको तरकारी खेतीमा किरा नियन्त्रण गर्न घरेलुु विधिबाट विषादी बनाउँदै आएका छन् । ‘निमको पत्ता पिसेर पानीमा हालेर बनाएको हो । यो प्रयोग गर्छौँ । प्रविधि सजिलो छ । नयाँ प्रविधि राम्रै लागेको छ,’ समूहका सदस्य लालबहादुर थापाले भने ।

घरेलु ुुविधिबाट बनाइने विषादीले मानव स्वास्थ्यमा पनि कुनै असर गर्दैन । यो कुरा किसानहरूले राम्ररी बुझेका छन् । यस्तो विषादीको प्रयोगले जलीय जैविक विविधता संरक्षणमा पनि सहयोग पुग्छ । पानी परियोजनाअन्तर्गत जागरूक समाजको सृजना संस्थाले महाकाली नगरपालिकामा जलवायुुमैत्री कृषि प्रविधिको ज्ञान किसानलाई दिइरहेको छ । संस्थाले यस्ता कुुरालाई प्राथमिकतामा राखेर महाकाली नदी तल्लो तटीय क्षेत्रमा काम गरिरहेको छ ।

‘महाकाली नदीमा दबाब छ । नदीको दोहन दिनानुदिन बढ्दै छ । यसले भविष्यमा विकराल अवस्था निम्त्याउन सक्छ । यो हामी सबैको साझा नदी हो तर सुख्खा समयमा सबै पानी भारतले लग्छ । सोनाहा समुदाय छ । गिट्टी चाल्ने छ, दबाब घट्छ । जैविक विषादी हाल्दा जलचर पनि बच्छ,’ जागरूक समाज सृजनाका कार्यकारी निर्देशक कर्णदेव पन्तले भने । आर्थिक संवृद्धिलाई जोड दिँदै जलीय जैविक विविधता जोगाउन महाकाली नगरपालिकामा भएको यो प्रयासमा किसानहरूको एकेबद्धता जुुटेको छ । उनीहरूले जलवायुुमैत्री कृषि प्रविधिलाई बुुझेका मात्र छैनन् जैविक विषादी प्रयोग गर्दा हुुने फाइदा पनि बुुझेका छन् । किसान र गैर सरकारी संस्थाले सुरु गरेको यो अभियानमा स्थानीय तहहरूले पनि साथ दिएका छन् ।

‘व्यावसायिक रूपमा कोही कृषि गर्न चाहन्छन् त कोही सामुुहिक रूपमा खेती गर्न चाहन्छन् भने उनीहरूका लागि बीउ बिजनको व्यवस्था गर्ने, टनेल हाउस बनाउने योजनामा राखेका छौँ,’ महाकाली नगरपालिकाल वडा नम्बर ६ का वडा अध्यक्ष दिलबहादुर सिजालीले भने, ‘व्यवसाय गरेका किसानलाई प्राविधिक सहयोग चाहिन्छ भने त्यसमा छलफल गरेर काम गर्न बजेट छुट्टाइएको छ ।’ महाकाली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ज्ञारेन्द्र क्षेत्रीले किसानहरूलाई जलवायुमैत्री कृषि प्रविधिबाट तरकारी खेती गर्नका लागि एक लाख रुपैयाँ बजेट छुटाएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार