Saturday, September 21, 2024

हात्तीको आक्रमणबाट एक महिला घाइते

कैलाली– कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन्। बेदकोट नगरपालिका–१, हात्तीथलामा हात्तीको आक्रमणबाट स्थानीय जानकी धामी घाइते भएकी हुन्।

घाइते धामीलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएको थियो। तर, अञ्चल अस्पतालले उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि भारतको बरेली पठाएको प्रहरीले जनाएको छ।

स्थानीय बैजनाथ मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी धामीलाई जंगली हात्तीले आक्रमण गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार