Monday, June 9, 2025

आखेटोपहारसहित दुई जना पक्राउ

काठमाडौं–केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले वन्यजन्तुको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं महानगरपालिका–३२ सिनामंगलबाट संरक्षित वन्यजन्तुको आखेटोपहारसहित २ जनालाई आइतबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका–९ बस्ने २४ वर्षीय सरोज लम्साल र रामेछाप दोरम्बा गाँउपालिका–५ बस्ने २५ वर्षीय सुरेन्द्र श्रेष्ठ रहेका छन्।

उक्त आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि सोमबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार