Saturday, September 21, 2024

मध्य तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र केही तराईका भूभागमा कुहिरो लागेको अवस्था छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले बताएको छ।

मङ्गलवार
दिउँसो :देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पूर्वी र मध्य पहाडी भूभागको १ र २ स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले मङ्गलवार जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

राती :देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

ताजा समाचार

सम्बन्धित समाचार