Sunday, April 20, 2025

अवैध रूपमा माछा मारेको आरोपमा पाँच पक्राउ

काठमाडौँ – अवैध रूपमा माछा मारेको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। धनुषा प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका कार्यालय परिसरमा रहेको दीर्घसागर पोखरीमा अवैध रूपमा माछा मार्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको हो।

धनुषा प्रहरीले आइतबार दिउँसो करिब डेढ क्विन्टल विभिन्न जातका माछा र ठुला जालसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा जनकपुरधाम–७ निवासी कमलेश गोसाई, राहुल सहनी, वीणा मण्डल, राहुल कुमार मण्डल, र जनकपुरधाम उपमहानगर– ६ बस्ने रविकुमार साह रहेका छन्। उनीहरूको साथबाट करिब डेढ क्विन्टल माछा, महाजाल भनिने ठुला जाल समेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार