Saturday, September 21, 2024

आजको मौसम :नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको जनाएको छ।

महाशाखाले देशको पश्चिमी भूभाग आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

सोमबार
दिउँसो :देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सोमबार जारी मौसम बुलेटिनमा उल्लेख छ। साथै देशका पहाडी भूभागको १ र २ स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती :देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

ताजा समाचार

सम्बन्धित समाचार