Saturday, September 21, 2024

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं–मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागका केही स्थानमा आंसिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको  जनाएको छ ।

दिउँसो: देशको पश्चिमी र पहाडी भूभागमा आंसिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पश्चिमी पहाडी भूभागका एक र दुई स्थान हल्का वर्षा र पश्चिमी उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती :देशको पहाडी भूभागमा आंसिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंसिक बदली रहने देखिन्छ। पहाडी भूभागका एक र दुई स्थान हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शनिवार जारी गरेको मौसम बुलेटिनमा उल्लेख गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार